बैशाखमा एमाले र माओवादी केन्द्रको एकता घोषणाः उपाध्यक्ष वामदेव गौतम

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले आगामी बैशाख ९ गते पार्टी एकिकरण हुने घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिन पारेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकृत पार्टी एकताको घोषणा गर्ने तयारी गरेको गौतमले बताए।

एमाले धादिङ– काठमाडौँ सम्पर्क मञ्चले तीनै तहका जनप्रतिनिधिलाई सम्मान गर्न शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकता प्रक्रिया अगाडि बढेको र नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिनमा नै एकताको घोषणा गर्ने तयारी गरिएको खुलासा गरे ।

आफूले लामो समयदेखि दुई पार्टीलाई मिलाउन अधिकतम् प्रयास गरेको र सफलताको दिशामा पुर्‍याएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले भने, ‘२०६३ सालदेखि मैले एकताको प्रयास गरेँ । अहिले आएर सफल भएको छु । यसलाई अझ सार्थक बनाएर मुलुकलाई समृद्ध बनाउने लक्ष्य छ । त्यो लक्ष्यमा समेत सफलता हासिल गर्नेछ भन्ने विश्वास लिएको छु ।’

पार्टी एकता संयोजन समितिले एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजत्वका दुई कार्यदल बनाएर सांगठनिक तथा एकीकृत पार्टीको विधान बनाउने काम अगाडि बढिरहेको उपाध्यक्ष गौतमको भनाइ थियो ।

कमेन्टहरु
Loading...