अन्तर्राष्ट्रिय समुदायलाई वैद्य माओवादीको चेतावनी

काठमाडौ, २१ कात्तिक/बहिस्कारका नाममा हुने चुनावी अवरोध गैरकानुनी भएको भन्दै नेपालस्थित अन्तराष्ट्रिय समुदायले विज्ञप्ति जारी गरेकोमा नेकपा(माओवादीले आपत्ति जनाएको छ । माओवादी सचिव देव गुरुङले आन्तरिक मामिलामा विदेशीहरुले हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।dave gouringनेपाल सम्वत ११३४ को अवसरमा काठमाडौं क्षेत्र नं १० अन्तरगत पर्ने कीर्तिपुरको पाँगामा विहीबार विहान आयोजित कार्यक्रममा माओवादी सचिव गुरुङले भन्नुभयो( ‘नेपालको निर्वाचन भनेको आन्तरिक मामिला हो, उसले सल्लाह दिने कुरा हो । तर, त्यो ठीक र बेठीक भन्ने अधिकार छैन ।’गुरुङले राजनीतिक दलहरुले आफ्नो निर्णय गर्ने अधिकार विदेशीलाई सुम्पिएको आरोप लगाउनुभयो ।

कमेन्टहरु
Loading...