प्रधानमन्त्रीले आलोचना सुन्नै चाहदैनन् – डा बाबुराम भट्टराई

पोखरा, ४ फागुन / समाजबादी विद्यार्थी युनियन पिएक क्याम्पसले गरेको समाजबादी विहानी कार्यक्रमा समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्रीले आलोचना सुन्नै नचाहने आरोप लगाएका छन् । उनले अहिलेको सरकार झुठको पुलिन्दा बनेको बताएका छन् ।

उनले यतिका समयपछि बनेको शक्तिशाली सरकारकै पालामा राज्य सबैभन्दा बढी अस्तव्यस्त बनेको बताए । उनले भने –‘नेपालको शिक्षा क्षेत्र राजनीतिक भागबण्डाको कारण दिनदिनै धरासायी बन्दैछ । सरकारी कलेजमा पढाउने लेक्चहरुलाई प्राइभेट कलेजतिर पिरियड भेटाउन भ्याईनभ्याई छ ।

म प्रध्यापक साथीहरुलाई यहिबाट अनुरोध गर्न चाहन्छु कि निजि कलेजहरु छाड्नुस कि सरकारी कलेज छाड्नुस । तपाईहरुले दुई मध्य एक रोज्नैपर्छ । नत्र भने हाम्रो बिश्वविद्यालयहरुको स्तर झन खस्किन्छ । म युवा विद्यार्थी साथीहरुलाई पनि यहिबाट अपिल गर्न चाहन्छु सरकारी सेवासुविधा खाएर निजि कलेतिर धाउने लेक्चरहरुलाई बहिष्कार गर्नुस ।’

उनले सरकार भ्रष्टाचारको आहलमा डुवेको आरोप लगाएका छन् । सरकारले गरेको जनविरोधी रवैयाको बिरोध नगर्ने हो भने देश धेरै पछि पर्ने उनले बिद्यार्थीहरुलाई सरकारको ग्रह्रजिम्मेबार हर्कतको बिरोध गर्न आव्हान गरेका थिए ।

कार्यक्रममा बोल्दै समाजबादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले ठुला संगठनहरुको कारण स्ववियु निर्वाचन रोकिएको आरोप लगाएका छन् । विश्वबिद्यालयमा हुने राजनीतिक नियुक्ति फाईनल नभएको कारण निर्वाचन अनिश्चित रहेको उनले बताए ।

समाजबादी विद्यार्थी युनियनले गरेको समाजबादी कार्यक्रममा सांस्कृतिक बिभिन्न किसिमका सांस्कृति कार्यक्रमहरु पनि गरिएको थियो ।

कमेन्टहरु
Loading...