ओली सरकारको एक वर्ष सामान्यः डा. बाबुराम भट्टराई

पोखरा, ३ फागुन /नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षमा सामान्य भएको बताएका छन् । उनले जनताको आँखाबाट हेर्दा एक वर्ष सामान्य भएको भन्दै दुई तिहाइको सरकारले गुर्न पर्ने काम एक वर्षमा हुन सकेनन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सरकार सुरुदेखि नै चुकेको भन्दै नयाँ कार्यक्रम र योजना ल्याउन नसकेको बताए । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले शुक्रबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा भट्टराईले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसेको बताए ।

उनले सरकार सुशासनको मुद्धा कम्जोर देखीएको, आर्थिक विकासका सुचाकाङ्क नकारात्मक तर्फ गएका कारण सरकारको काम सन्तोषजन नरहेको बताए । नेता भट्टराईले गरिबी बेरोजगारीको दुस्चक्रबाट माथि उठ्नका नेपालको २ अंकको आर्थिक बृद्धिदर २ दशक सम्म चाहिने भए पनि सरकार त्यस तर्फ जान नसेको बताए । ‘सरकार १ वर्षको अवधिसम्म आई पुग्दा त्यस्तो उल्लेखनिय काम सरकारले केही गर्न सकेको छैन,’ उनले भने, ‘जनता पनि यसप्रति असन्तुस्ट छन् ।’

असल राजनीति र समावेशी विकासका लागि जनसंवाद भन्ने नारा सहित नयाँ शत्ति नेपालले थालेको मध्ये पहाडी लोकमार्ग वरपर देशव्यापी यात्राको क्रममा भट्टराई पोखरा आइ पुगेका हुन् । उनले मध्ये पहाडी लोकमार्गका निर्माण उत्साहजनक रुपमा हुन नसकेको बताए । अहिले ५ भागमा विभाजन गरेर काम भए पनि राष्ट्रिय गौरबको आयोजनालाई जसरी अगाडी बढाउनु पर्ने थियो त्यो भने नभएको बताए ।

कमेन्टहरु
Loading...