एसिड हमलाले रुकुमको दुई मतदान केन्द्रमा चुनाब अबरुद्ध

आज भएको मतदानको क्रममा अज्ञात व्यक्तिले एसिड हालेर मतपत्र जलाएपछि रुकुमका दुईवटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।

पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।
यी दुई मतदान केन्द्रमा २१ मंसिरमा मतदान हुनेछ ।

रत्ना मा.वि मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए । हामला गर्ने व्यक्तिहरुको अझै परिचय हुन सकेछैन ।

कमेन्टहरु
Loading...