संघीय युवा संघ लेखनाथमा अमिन थापामगर

पोखरा, ११ असोज/वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको संघीय समाजवादी पार्टीको युवा संगठन संघीय युवा संघ लेखनाथ नगर समिति गठन भएकोछ । लेखनाथमा शुक्रवार सम्पन्न युवा भेलाले अमिन थापामगरको अध्यक्षतामा २५ सदस्यीय नगर समिति गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा मेख तामाङ, सचिवमा भिमकुमार गुरुङ, सहसचिवमा लिलबहादुर गुरुङ, कोषाध्यक्षमा रामबहादुर गुरुङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा दुर्गाबहादुर पुर्जा, कुमार पुन, राजु गुरुङ, शेरबहादुर तामाङ, दुधराज तामाङ, दिनेश गुरुङ, सन्तोष गुरुङ(क), सन्तोष गुरुङ(ख), सोनाम तामाङ, मिलन गुरुङ, बुद्ध गुरुङ, सुरेसबहादुर गुरुङ, अर्जुन गुरुङ, बुद्ध गुरुङ(ख), विनोद गुरुङ, इमान गुरुङ, कमल पुन, भरत गुरुङ चयन हुनुभएको छ ।

कमेन्टहरु
Loading...