एमोवादीको कास्कीमा चुनावी अभियान जारी

पोखरा, ७ कात्तिक/एकीकृत माओवादीका कास्की निर्वाचन क्षेत्र नं.४ का उम्मेदवार गुप्तबहादुर हमाल (सन्देश) ले सो क्षेत्रसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताएका छन् । चुनाव प्रचार प्रसारका क्रममा घाचोक पुग्नुभएका उम्मेदवार हमालले चुनावी सभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । ‘जनयुद्धकालमा मैले यो भेगमा धेरै समय विताएको बताउदै शान्तिपूर्ण अवस्थामा पनि यहि क्षेत्रको विकासमा लागि परिरहेको बताए ।’

कार्यक्रममा एमाओवादीका राज्य सदस्य देवी सुवेदी, वाईसीएलका केन्द्रीय सदस्य राजकुमार दुलाल, गाउँ पार्टी अध्यक्ष चित्रनाथ लम्साल, युवा परिचालन समितिका संयोजक नारायण दवाडी, इलाका कमिटी सदस्य चित्रनाथ लम्सालले पार्टिको चर्चा गरेका थिए । सोही कार्यक्रममा वाईसीएलको घाचोक र माछापुच्छे« गाउँ कमिटी गठन गरेको छ ।

त्यसै गरि कास्कीको निर्वाचन क्षेत्र न.१ को देउरालीमा एकीकृत माओवादीले चुनावी सभा सम्पन्न गरेको छ । देउराली बजारमा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार विष्णु पौडेलले प्रतिस्पर्धीहरुले हार स्वीकार गरिसकेर पराजित मानसिकताको उपज निकृष्ट हर्कतमा उत्रिउको बताए । कार्यक्रममा क्षेत्र न. १ का इञ्चार्ज गंगा पोखरेलले एजेण्डा र दुरदर्शीता भएको पार्टी एमाओवादी भएको बताए ।

त्यसै गरि एकीकृत माओवादीले कास्की निर्वाचन क्षेत्र न.२ को अर्मला गाविसस्थित अर्मलाकोटमा चुनावी सभा सम्पन्न गरेको छ । गाविसको वडा न.८ र ९ मा घरदैलो र भेटघाट पश्चात चुनावी सभा सम्पन्न भएको हो । सभामा बखानसिंह तमुले मुलुक एमाओवादीकै एजेण्डाम अगाडि बढिरहेको बताए । उहाँले संविधानसभा, गणतन्त्र, संघीयता एमाओवादीकै एजेण्डा भएको बताए ।

त्यसै गरि एकीकृत माओवादी कास्की क्षेत्र न.३ का उम्मेदवार रामजी बराल सहितको टोली चुनावी अभियानका क्रममा आज भरतपोखरी प्रवेश गरेको छ । उम्मेदवार बरालले भरतपोखरीको भगवती चौतारा, लामगादी र पूर्णीटारमा छुट्टाछुट्टै निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । भरतपोखरीमा गाउँस्तरीय बाईक ¥याली गरेको छ ।

कमेन्टहरु
Loading...