एकीकृत माओवादीको चारवटै क्षेत्रमा मोटरसाइकल ¥याली र घरदैलो

पोखरा, २५ कात्तिक /एकीकृत माओवादीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक झलकपाणी तिवारीले बन्दको प्रभाव आफुहरुलाई कत्ति पनि नपरेको बताउनुभएको छ । उहाँले चारवटै निर्वाचन क्षेत्रमा निर्धक्कसँग चुनावी कार्यक्रमलाई जारी राखेको बताउनुभयो । ‘हाम्रा उम्मेदवारहरु सवारी लिएरै घरदैलोमा सहभागि हुनुभएको छ’–उहाँले भन्नुभयो–‘सर्वसाधारणलाई बन्द खुलाउन आव्हान गर्दै चारवटै क्षेत्रमा मोटरसाइकल ¥याली भैरहेका छन् ।’तिवारीले आइतबार कास्कीका प्रमुख पार्टीहरुबीच बैठक बसी बन्द अस्वीकार गर्ने सहमति भएपनि आज सडकमा भने एकीकृत माओवादीमात्रै देखिएको बताउनुभयो । ‘काँग्रेस–एमालेका जिम्मेवार नेताहरुलाई पटक–पटक सम्पर्क गरी बन्द अवज्ञा गर्न आग्रह गरे तर उनीहरुले वास्ता गरेनन्’–उहाँले भन्नुभयो । काँग्रेस–एमालेले बास्तविकरुपमा संविधान नचाहेको यसैबाट प्रष्ट हुने उहाँको धारणा थियो । यसैबीच निर्वाचन क्षेत्र न.१ मा वाईसीएल, कास्कीका अध्यक्ष विनय थापाको नेतृत्वमा सयौंको सहभागितामा मोटरसाइकल ¥यालीले लेखनाथका तालचोक, भण्डारढिक, पावरहाउँस, गगनगौंडा, खुदी, शिसुवा, वेगनासताल लगायतका क्षेत्रमा परिक्रमा गरिरहेको छ ।

उम्मेदवार विष्णु पौडेलले आज माझठानाको रैकार, लेखनाथको अर्चले र खरानेफाटमा घरदैलो गर्नुभएको छ । उहाँले कालिकाको आरुपाटामा र लेखनाथजको खरानेफाटमा आयोजित कोणसभालाई पनि सम्बोधन गर्नुभयो । घरदैलोमा उम्मेदवार विष्णु पौडेलसहित एकीकृत माओवादीकी केन्द्रीय सदस्य कञ्चन खनाल, समानुपातिक उम्मेदवार निर्मला सुवेदी, जिल्ला कार्यालयका मुख्य सचिव लालमोहन तिवारीलगायतको सहभागिता रहेको छ ।

क्षेत्र न.२ मा पनि करिब पाँचसयको संख्यामा मोटरसाइकल रहेको ¥यालीले पोखराका विभिन्न स्थानको परिक्रमा ग¥यो । अमरसिंहचोकबाट सुरु भएर भएको ¥याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, विन्ध्यवासीनी, केआइसिंह पुल, बाटुलेचौर, लामाचौर, दीप, केआईसिंहपुल, बगर, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, पृथ्वीचोक, बुद्धचोक, रामबजार, काजीपोखरी, औद्योगिक क्षेत्र हुँदै बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई अखिल नेपाल टे«ड युनियन महासंघका तमुवान संयोजक खगेन्द्र काफ्ले, वाईसीएलका केन्द्रीय सदस्य सुमन देवकोटा, अखिल नेपाल टे«ड युनियन महासंघ, कास्कीका अध्यक्ष रुद्र गौतमले सम्बोधन गर्नुभएको थियो ।

क्षेत्र न.३ मा पनि वाईसीएलले मोटरसाईकल गस्ती ग¥यो । मुस्ताङचोकबाट सुरु भएको गस्तीले राष्ट्रबैंकचोक, सृजनाचोक, समागृहचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, जिरोकिलोमिटर, लेकसाईड लगायतका क्षेत्रको परिक्रमा गरेको हो । क्षेत्र न.३ का उम्मेदवार पोखराकै वडा न.५ मा घरदैलो गरिरहनुभएको छ । क्षेत्र न.४ मा वाईसीएलका क्षेत्रीय अध्यक्ष भोजराज पौडेलको नेतृत्वमा सयभन्दा बढि मोटरसाईकलमा युवाहरुले हेमजाको विभिन्न स्थान परिक्रमा गरिरहेका छन् ।

कमेन्टहरु
Loading...