नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा २४ वर्षीय अमनको उम्मेदवारी

पोखरा, १९ बैशाख / आसन्न स्थानीय निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट पोखरा लेखनाथ महानगर पालिकाका लागि मेयरमा अमन विक्रम थापाले उम्मेदवार दिएका छन् । जिल्ला निर्वाचन कार्यालयमा लोकतान्त्रिक फोरम दर्तामा छुटेपनि उनले लोकतान्त्रिक फोरमको तर्फबाट टिकट पाएका थिए ।

उनी निर्वाचन आयोगमा स्वतन्त्रबाट उम्मेदवारी दिएपनि लोकतान्त्रिक फोरमको आधिकारिक उम्मेदवार भएको केन्द्रिय अध्यक्ष विजयकुमार गच्छदारले बताए ।  थापा पोखरा लेखनाथ महानगरपालिकाका लागि कान्छो उमेरका उम्मेदवार पनि हुन् । २४ वर्षे अमनले निर्वाचनका लागि आफ्नो आधिकारिक घोषणापत्र चुनाव चिन्ह प्राप्त गरेपछि प्रकाशन गर्ने भएपनि विशेषतः पोखरा लेखनाथ महानगरपालिकाको सर्वाड्डिण विकासका लागि आँफू सँधै तत्पर रहेको र सदा रहने बताए ।

नेपालकै ठूलो महानगरपालिका संसारमा पर्यटन नगरीको रुपमा चिनिएको र यसलाई अझै विकसित शहरका रुपमा चिनाउन लागि पर्ने उनको भनाई छ ।  आफू उम्मेदवार बनेपछि अबको शहरलाई विकसित बनाउन युवाले मात्र सक्ने र युवालाई जनताले विश्वास गर्दै मेयरमा विजयी बनाउने कुरामा विश्वस्त रहेको उनले पत्रकारहरुको कुराकानीमा बताए ।

सामाजिक कार्यमा सकिृय अमन लस्टसोसाइटि अर्गनाइजेशनका अध्यक्ष समेत रहेका छन् । वातावरण संरक्षण, आधुनिक शहरका रुपमा विकासका लागि अत्यावश्यक विषय फोहोर मैला व्यवस्थापन, पार्किड्ड व्यवस्थापन, ट्राफिक समस्याको समाधान, टुरिजम व्यवसायको प्रवद्र्धन, सडक, विजुलि, पानि र शिक्षाका योजनाहरुमा आफ्नो विशेष योजनाका साथ लाग्ने र सबैलाई त्यसका लागि जागरुक गराउने उनको विशेष योजना रहेको बताए ।

युवाहरुलाई सामाजिक क्षेत्रमा सक्रिय गराउने विशेष योजना लिएर आउने बताएका थापाले प्राविधिक कारणले स्वतन्त्ररुपमा उम्मेदवार दिएपनि आफू पोखरेलीको चाहानाले उम्मेदवार भएको र यसमा विचलित नभई पोखरा लेखनाथको विकासका लागि कटिबद्ध रहेको बताए ।

कमेन्टहरु
Loading...