काङ्ग्रेस कहिल्यै हारेको छैन , ठुला उम्मेदवार मात्र हारेका हुन

194

काठमाडौं, माघ १९ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेद्वारले हारेका मात्र हुन् कांग्रेस पार्टीले कहिल्यै नहार्ने बताएका छन् ।

नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेलालाई आज यहाँ सम्बोधन गर्दै सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. रामशरण महत र प्रकाशशरण महतप्रति लक्षित गर्दै ठूल–ठूला नेताले हारेको तर पार्टीले नहारेको बताए ।

‘काँग्रेस हारेको छैन र कहिल्यै हार्दैन, पार्टीका उम्मेदवार चाहिँ हारेका छन्, यस सम्बन्धमा छिट्टै नै केन्द्रीय समितिमा छलफल गर्नेेछु,’ उनले भने ।

उनले सिद्धान्त र आदर्श राम्रो बोकेको पार्टीले त्यही सिद्धान्त र विचारलाई व्यापक जनतामाझ लगेर पार्टीलाई भविष्यमा कहिल्यै नहार्ने गरी लैजानुपर्ने बताए ।