हिन्दु परम्परा अनुसार प्रधानमन्त्री देउवाको पुत्ला जलाइयो

रुकुम, १३ माघ । हिन्दु परम्परा अनुसार बिधि पुराएर प्रधान मन्त्री शेरबहादुर देउवाकाे पुत्ला जलाएका छन ।

रुकुमपुर्बको सदरमुकाम  रुकुमकोटबाट गोलखाडामा तोक्ने सरकारको निर्णय बिरूद्ध अान्दाेलनका क्रममा पुत्ला जलाएका हुन ।

नयाँ जिल्ला बनेको रुकुमपुर्बको सदरमुकाम हाल रहेको रुकुमकोटबाट गोलखाडामा तोक्ने सरकारको निर्णय लगतै रुकुमकाेटबासीहरुले निर्णय बिरूद्ध आदोलन थालेका छन ।

सरकारको निर्णय बाहिरिए लगतै रुकुमकोटबासीहरुले बिरोध स्वरुप राती नै मसाल जुलुस निकाएका छन । त्यसका साथै प्रदर्शन र प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन।

मन्त्रिपरिषद्को बैठकले सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा सार्ने निर्णय गरेको थियो ।

रुकुमकोटबाट सदरमुकाम अनेत्र सार्न नदिन आफुहरुको आन्दोलन शुरु भएको र निरन्तर जारी रहने स्थानीय केशबचन्द्र समालले बताए ।

कमेन्टहरु
Loading...