सीमा विवादका बारेमा काँग्रेस सभापति देउवाले झुठो बोले – प्रचण्ड

पोखरा, ११ मंसिर / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सीमा विवादका बारेमा काँग्रेस सभापति देउवाले गरेको टिप्पणी झुठो भएको दावी गरेका छन् ।

नेकपा कास्कीले पोखरामा आयोजना गरेको गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले देउवाले प्रधानमन्त्री ओलीलाई आरोप झुठो भएको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई कांग्रेसले विर्सेको प्रचण्डको आरोप छ । ‘होइन भने तपाईँहरु जसरी ओरालो लाग्नुभएको छ, त्यसरी नै नेपालको इतिहासमा काँग्रेस किम्बदन्ती बन्न सक्ने अवस्था आउने बताए ।

प्रचण्डले कास्की–२ का उमेदवार खेमराज पौडेललाई देवघाट उमेरमा भोट माग्न हिँडेको भनी कटु टिप्पणी गरे । ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ विदा दिनुपर्छ भनेकाहरुले विचरा ७७ वर्षको बुढालाई अघि सारेका छन्,’ उनले भने, ‘जो अब देवघाट तिर जानुपर्ने बेलाका छन । त्यहाँ गएर ध्यान र ज्ञान सिक्न पर्ने मान्छेलाई आफु अघि सार्ने, अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त ?’

संसदीय दलका उपनेता सुभाष नेम्बाङ्ले निर्वाचनले सरकारले गरेको राम्रो कामको गतिविधिलाई जनताले देखाउने बताए । नेकपा नेता बामदेव गौतमले काँग्रेस विकासको बाधक भएको आरोप लगाए । उनले २ वर्षको अवधिमा कानुन निर्माण गर्न पनि नदिएको आरोप छ ।

कमेन्टहरु
Loading...