सिलवाललाई पक्राउ गर्न पुगेको प्रहरी टोलि किन रित्तो हात फर्कियो ?

१९ पुस /
महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार ललिपतुर प्रहरीलाई पत्र लेखी नवराज सिलवाललाई उपस्थित गराइदिन आग्रह गरेको थियो।

ललितपुर क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका डिआइजी सिलवाललाई लिन ललितपुरको प्रहरी टोली सिलवाल निवास पुग्यो तर रित्तो हात फर्किनु पर्यो।

एउटा कार्यक्रममा भाग लिन मलेसिया गएका सिलवाललाई पक्राउ गर्न गोदावरीस्थित निवास पुगेको प्रहरी टोली रित्तो हात फर्किएको छ ।

प्रहरी महानिरीक्षक मुद्दामा सिलवालले पेश गरेको कार्य सम्पादन मुल्यांकन नम्बर र प्रहरी प्रधान कार्यालयले पेश गरेका नम्बर फरक परेको भन्दै सर्वोच्च अदालतले छानबिन गर्न निर्देशन दिएको थियो ।

कमेन्टहरु
Loading...