वाईसियल कास्कीको रक्तदान कार्यक्रममा ५३ युनिट संकलन

पोखरा, २३ भदौ/जनयुद्धका शहिदद्धय सुरेश वाग्ले(वासु) र भीमसेन भुजेलको १९ औँ स्मृति दिवसको अवसरमा

वाईसियल कास्कीले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ।

वाग्ले १० वर्षे जनयुद्धमा मारिने माओवादीका उच्च नेता हुन् । उनको २०५६ सालमा गोर्खामा प्रहरीले हत्या भएको

थियो ।

गण्डकी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखवहादुर थापाले पहिलो रक्तदाता युवा संघ नेपालका

केन्द्रीय उपाध्यक्ष माधव वास्तोलालाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको सुभारम्भ गरे ।

जनयुद्ध नेपाली समाज रुपान्तरणको लागि एउटा महत्वपूर्ण परिघटना भएको चर्चा गर्दै मन्त्री थापाले जनयुद्ध तथा

त्यस आन्दोलनमा सहभागि योद्धाहरुको योगदानलाई कसैले पनि अवमुल्यन गर्न नुहनेमा जोड दिए । ‘शहिदको

वलिदानवाटनै देशमा गणतन्त्र स्थापना भई संघीय शासन व्यवस्थाको अभ्यास भएको हो।’ मन्त्री थापाले भने ।

कार्यक्रममा वाईसियलका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा, नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङ,

वाईसियल केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, युवा संघका केन्द्रीय सचिव पूर्ण लामा, वाईसियल कास्कीका अध्यक्ष

भोजराज पौडेल, उपाध्यक्ष एंगेल्स कार्की र सचिव अनिल परियारले शहिदद्धयको योगदानको चर्चा गरे ।

 

कमेन्टहरु
Loading...