राजेश हमालले भने, ‘ओली सरकारका योजनाप्रति विश्वस्त छु, ओभरनाईट परिवर्तन हुँदैन’

काठमाडौं । नायक राजेश हमालले प्रधानमन्त्री केपी ओलीले व्यक्त गरेको कुरालाई लिएर रातारात विकासको परिवर्तन खोज्न नहुने बताएका छन् । उनले प्रधानमन्त्रीले भनेका विकासका कुरा रातारात परिवर्तन नभई समय लाग्ने बताएका हुन् ।

एबीसी टेलीभिजनसंगको भेटमा नायक राजेश हमालले भने “नयाँ सरकारले गर्ने काम र योजनाप्रति विश्वस्त छु, तर परिवर्तन भन्दैमा ओभरनाईट परिवर्तन हुँदैन समय लाग्छ“ ।

देशमा भैरहेको बलात्कार र हिंसाको सन्दर्भमा नायक राजेश हमालले मानिसको आचरण सुर्धान समेत सुझाव दिएका छन्

दुईवर्षदेखि फिल्ममा खासै नदेखिएका राजेश हमाल क्विज कन्टेष्टको प्रस्तोता बन्ने आफ्नो रुचि रहेको बताएका छन् ।

कमेन्टहरु
Loading...