मौजालाई पर्यटन, कृषि र खेलकूदको केन्द्र बनाउछौँः विद्या

पोखरा, १० मंसिर / नेकपाको चुनावी प्रचारप्रसार तथा घरदैलो अन्तिम चरणमा पुगेको छ । चरणबद्ध रुपमा तालिका मिलाएर घरदैलो गरिरहेको नेकपाले उम्मेदवार सहित सोमबार पोखरा २० मौजामा मतदाता भेट गर्दै मत मागिरहेको छ ।

घरदैलोपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार विद्या भट्टराई अधिकारीले विकासको क्रमलाई तीब्र बनाई मौजालाई पर्यटन, कृषि र खेलकूदको केन्द्र बनाउने बाचा गरिन् ।

खानेपानीको अभाव पूर्तिका लागि एक घर एक धारा अभियान सफल पार्ने बताउँदै उनले समृद्धिको जग बसिसकेकाले ईटा थप्न आफ्नो भूमिका महत्वपूर्ण रहने विश्वास दिलाईन् । सभामा बोल्दै नेकपा गण्डकी प्रदेश सहईन्चार्ज खगराज अधिकारीले अन्य दलको जीतले सुरु भएका अधुरा पूरा नहुने भन्दै नेकपाकै जीत आवस्यक रहेको बताए ।

सो अवसरमा नेताहरु मनबहादुर गुरुङ, श्रीनाथ बराल, विश्वप्रकाश लामिछाने, भीमप्रसाद गुरुङ, गञ्जमान गुरुङ लगायतले सम्बोधन गरे । उक्त ठाउँमा मौजा गाउँ, आटिघर, लामडाँडा, विसौना, लगायतका स्थानमा घरदैलो जारी रहेको छ । घरदैलोमा कलाकारहरु कृष्ण भण्डारी, शिवहरी ढुंगाना, मनकुमार श्रेष्ठ लगायतले साँस्कृतिक प्रस्तुती राखेका छन् ।

कमेन्टहरु
Loading...