माओवादी केन्द्र टुक्रिने स्थितिमा , बिद्रोह समुहको छुट्टै बैठक

९ पौष / एमालेसंग गठबन्धन गरेपछि असन्तुष्ट रहेको नेकपा माओवादी केन्द्रको विद्रोही समूहले छुट्टै भेला बोलाएको छ । समूहको नेतृत्व गोपाल किराँतीले गरेका छन् । पछिल्लो वाम गठबन्धन र एमाले र माओवादीबीचको पार्टी एकताबारे आफ्नो समूहको धारणा बनाउन पुस ११ गते बेग्लै भेला बोलाएको किरातीले जानकारी दिए ।

उनले भने, ‘अहिले सबैतिर पार्टी एकीकरणकै कुरा भइरहेको छ, हामी यसबारे धारणा बनाउन ११ गते भेला बस्दैछौं ।‘ भेलाले एकीकरणका लागि पार्टीले लिनुपर्ने अडान तय गर्ने उनले बताए । उक्त अडान लागु नभए पार्टीबाट अलग हुने उनले चेतावनी दिए ।

पार्टी एकीकरण पूर्व माओवादीकै महाधिवेशनमा हुनुपर्ने र महाधिवेशनले निर्देश गरेअनुसार एकता हुनुपर्ने भन्दै उनले बताएका छन ।

कमेन्टहरु
Loading...