प्रधानमन्त्री देउवालाइ जथाभावी निर्णय गर्न नदिने काम आफ्नै पार्टीको हो : नीलम्वर आचार्य

काठमाडौं, १५ माघ। राजनीतिक विश्लेषकत तथा पूर्व मन्त्री नीलम्वर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई जथाभावी निर्णयहरु गर्नबाट रोक्ने जिम्मा नेपाली कांग्रेसकै भएको बताएका छन्। शिखरन्युजसँग कुरा गर्दै उनले व्यक्ति नभएर पार्टी सरकारमा गएको कारणले सरकारलाई रोक्ने  जिम्मा पनि कांग्रेस कै भएको बताए ।

यसले पार्टीलाई नोक्सान पुर्‍याउने र दुरगामी असर पर्दछ। पार्टीले व्यक्तिलाई रोक्नु पर्ने बताए। व्यक्ति होइन पार्टी सरकारमा गएको हो । ससदले अनुमोदन नगरेको खर्च गर्न पाइदैन । बहुमतका सरकारले पनि संसदले अनुमोदन नगरेको खर्च गर्न पाउँदैन’ आचार्यले भने ‘संसदमा बहुमत भएर आएको सरकार हो संसद नभएको समयमा सरकारसँग त्यो बल हुँदैन। अर्को सरकार गठन हुँदासम्म भैपरिआउने  काम बाहेक अरु गर्न पाउँदैन , आचार्यले भने ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा नराम्रोसँग पराजित भएपछि एकपछि अर्को निर्णयहरु सरकारले गर्दै गएको छ। त्यसको चौतर्फी रुपमा आलोचना भएको छ

कमेन्टहरु
Loading...