पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड

१५ पुस । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताबाट अब कोही पनि पछाडि फर्किने ठाउँ नरहेको बताएका छन् । शनिबार दिउँसो सिन्धुली जिल्लाका सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, “पार्टी एकताबाट पछाडि फर्किने ठाउँ नै छैन । पछाडि फर्किने पुल भत्काइसकेका छौ ।”

अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनभन्दा पहिले नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रयासमा भइरहेको बताए । “हिजोमात्र मेरो र कमरेड केपी ओलीबीच लामो र गम्भीर छलफल भयो । नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ । त्यसभन्दा अघि नै पार्टी एकता टुङ्ग्याउने प्रयास गरेका छौं । अब छिटै पार्टी एकता हुन्छ ।”

 

कमेन्टहरु
Loading...