नेकपाले सत्ता र शक्तिको चुनाव प्रयोग ग¥यो –नेता पौडेल

पोखरा, ११ मंसिर / नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडलले सत्ता र शक्तिको आडमा नेकपाले उप निर्वाचनलाई प्रभाव पार्ने खोजेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेले उपनिर्वाचनमा सत्ता र शक्तिको आडमा चुनावलाई प्रभाव पाने दुष्प्रयास भइरहेको सुचना आफुलाई आएको वताए । उनले निर्वाचन आयोग प्रशासनलाई बुथ कब्जा हुने परिस्थिती आउन नदिन समेत सचेत गराए ।

पौडेलले काग्रेसमा उमेदवार खेम राज पौडलेलाई ‘तटस्थ मतदाताहरुको पनि सहानुभूती रहेको बताए । उनले सभामुख भएका वेला कालापानीमा आफ्ना सांसदहरुको टोली लिएर जाने पहिलो नेता आफु रहेको दाबी गरे । उनले नेकपाका नेताहरुले कालापानीको विषयमा कांग्रेसलाई दोष लगाउन भन्दा राष्ट्रियताको विषयमा काम गरेर देखाउन आग्रह गरे ।

‘अहिले राष्ट्रियताको सवालमा कम्यूनिष्टहरुको झुटो प्रचारले सीमा नाघ्यो,’ उनले भने, ‘बेलामा सभामुख हुँदा कालापानीसम्म आफ्ना सांसदहरु लिएर गएको मान्छे म नै हुँ । म मात्रै पहिलो त्यो नेता हो नेपालमा जस्ले कालापानीमा आफ्ना सांसदहरुको टोली लिएर गएँ ।’ उनले कम्यूनिष्टका सांदहरु र तथ्यांक विभागका महानिर्देश सहितको टोली लिएर कालापानी गएको बताए ।

कमेन्टहरु
Loading...