निर्वाचन आयोगले राप्रपालाई भन्यो “विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउ”

काठमाडौं, फागुन ४/निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन निर्देशन दिएको छ । राप्रपाले पेश गरेको विधान अध्ययन गर्दै निर्वाचन आयोगले सनातन हिन्दू राष्ट्र र राजसंस्था सहितको लोकतन्त्र भन्ने शब्द हटाउन पत्राचार गरेको हो । राप्रपाको विधानमा उल्लेख भएको राजसंस्था र हिन्दू राष्ट्र संविधान विपरीत भएको भन्दै आयोगले हटाउन निर्देशन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी   दिए ।

राजसंस्थाको वकालत गर्दै आएको राप्रपा नेपाल र हिन्दू राष्ट्रको वकालत गर्दै आएको राप्रपाबीच एकीकरण भएपछि गएको फागुनमा भएको एकता महाधिवेशनले दुवै विषयलाई पारित गरेको थियो ।राप्रपाले यही दुई विषय हिन्दू राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको नारा लिएर स्थानीय चुनावमा जाने तयारी गरिरहेका बेला आयोगको निर्णयले ठेस लागेको छ ।

यस्तै निर्वाचन आयोगले राप्रपाको प्रस्ताव अनुसार नै चुनाव चिन्ह गाई दिने निर्णय पनि गरेको छ । चुनाव चिन्ह गाई कि हलो राख्ने विवाद हुँदा हुँदै पनि अध्यक्ष कमल थापाले गाई चिन्ह् माग माग गरेका थिए । आयोगले हलो चिन्ह् कुनै पनि राजनीतिक दललाई नदिने निर्णय पनि गरेको छ । एक वर्षका लागि हलो चिन्ह् आयोगको सूचीबाट निलम्बन गरिएको प्रवक्ता शर्माले बताएका छन् ।

कमेन्टहरु
Loading...