निजी स्कुलमा छोराछोरी पढाउने कर्मचारी र जनप्रतिनिधिको तलब काटिने

इलाम , ११जेठ /इलामको माईजोगमाई गाउँपालिकामा आफ्ना छोराछोरीलाई सरकारी विद्यालय नपढाउने कर्मचारी तथा जनप्रतिनिधिको तलब कटौती हुने भएको छ । कर्मचारी तथा जनप्रतिनिधिहरुले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना नगरे तलब भत्ताको तीन प्रतिशत रकम कटौती गर्ने गाउँपालिकाले निर्णय गरेको हो ।गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवा सुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी, शिक्षकहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने जनाएको छ ।

कटौती गरिएको रकम गाउँपालिकाको कोषमा जम्मा गरिने अध्यक्ष जितबहादुर राईले बताए ।उनका अनुसार शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।सरकारी स्कुल पढाउने शिक्षकले सरकारी रकमबाट आफ्ना छोराछोरी निजीमा पढाउने कामबाट निजी विद्यालयलाई बढी विश्वास गरिएको देखिएकाले यो नियम लागू गरिएको राईको भनाई छ ।

कमेन्टहरु
Loading...