नायिका करिश्मा मानन्धर सांसद नबन्ने भइन

काठमाडाै , २७ मंसिर  नयाँ शक्ति नेपालकी नेतृ एवम् नायिका करिश्मा मानन्धरको सांसद बन्ने सपना अधुरो रहने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (११) र (१२) मा थ्रेसहोल्डको व्यवस्था गरिएको कारण मानन्धरको सपाना साकार नहुने भएको हो ।

उक्त संवैधानिक प्रावधानमा निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय मान्यता नदिने उल्लेख छ । यसै संवैधानीक व्यवस्थाका कारण नायिका मानन्धर संलग्न दल नयाँ शक्ति नेपाल राष्ट्रिय पार्टी नबन्ने लगभग पक्का भएको छ ।

प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकोले करिश्मा मानन्धरले सांसद बन्नको लागि गरेको कसरत असफल बनेको छ । नयाँ शक्तिले बुझाएको समानुपातिकतर्फको बन्द सूचिमा उनको नाम पहिलो नम्बरमा छ ।

प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् । उनको जितले प्रत्यक्षतर्फ एक सिट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई पार गरेपछि समानुपातिक तर्फ ३ प्रतिशत मत नआउँने देखिएकाले पनि करिश्मा सांसद नबन्ने भएकी हुन ।

बाबुरामको जितसँगै हौसियकी नायिका मानन्धर पछिल्लो समय सांसद बन्नको लागि गृहकार्य थालिसकेकी थिईन । आफू संलग्न पार्टीले नै थ्रेस होल्ड पार गर्न नसकेपछि उनको सपना अधूरो नै रहने पक्का भएको छ । सांसद बन्न नपाएपछि उनले अब बाबुरामसँगको सहकार्य तोड्ने समेत तयारी गरेको स्रोतको दाबी छ ।

कमेन्टहरु
Loading...