नगरपालिका प्रमुखले गगन थापालाई ‘कालो मोसो दलौँ’ भन्दै यस्तो पोस्टर सेयर गरे,के उनलाई साइबर अपराध लाग्दैन ?

काठमाडौँ – नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले साइबार अपराध आकर्षित हुने गरी पोस्टर सेयर गरेका छन । उनले नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौँ क्षेत्र नम्बर ४ का सांसद गगन थापालाई ‘कालो मोसो दलौँ’ भन्ने फोटोसहितको पोस्टर सेयर गरेका छन । नगरपालिकाको मेयर जस्तो व्यक्तिले पदीय मर्यादा बिर्सिएर समाजिक सञ्जाल फेसबुकमा यस्तो पोस्टर सेयर गरेका हुन ।

सरकार समर्थकका नाममा बनेको उक्त पोस्टरमा गगनले बाख्रा पाल्नका लागि भनी सरकारसँग १४ करोड रूपैयाँ लिएर घर र गाडी जोडेको भन्दै ‘कालो मोसो दलौँ’ भनेर थापाको अनुहारमा घेरा लगाएर पोस्टर सेयर गरिएको छ । सुद्द कान्तिपुर नामको पेजमा पोष्ट भएको उक्त पोस्टर मेयर पण्डितले सेयर गरेका हुन । उनको टाइमलाइनबाट मात्रै पाँच जनाले उक्त पोस्टर पुन सेयर गरेका छन । सिधै साइबर अपराध आकर्षित हुने गरी पण्डितले सेयर गरेको यस पोष्टरमा भने गगन थापाको आलोचना गर्दै प्रतिक्रिया व्यक्त भएका छन ।


यता नेपाल विद्यार्थी संघका नेता निरन्जन थापाले सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो आपत्तिजनक पोस्ट सेयर गर्दा समेत प्रहरी मुकदर्शक बनेको बताए । उनले भने ‘सरकारका शीर्ष नेताको पोस्टर यसै गरी सेयर भएको भए प्रहरीले साइबर अपराधको हतियार चलाएर सम्बन्धित व्यक्तिहरूलाई थुन्ने काम गर्थ्यो तर पण्डित सत्तारूढ दल नेकपाका नुवाकोटको जिल्ला कमिटीका सदस्य समेत रहेको र विदुर नगरपालिकाको मेयर भएकोले उनको त्यस पोस्टका बारेमा कुनै चासो व्यक्त गरेन ।’ यसअघि यस्तै खाले सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेको आधारमा प्रहरीले ५० जना भन्दा बढीलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

कमेन्टहरु
Loading...