डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल

नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतम त्रिभुवन विमानस्थल पुग्दा सबै मुखामुख गरे । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फिर्ता हुनुभन्दा केही समय पहिले गौतम विमानस्थलको अति विशिष्ट कक्षमा पुगेका थिए । उनी ओलीलाई स्वागत गर्न पुगेको अनुमान भइसकेको थियो ।

नेकपा अध्यक्ष समेत रहेका ओलीलाई सोही दलका नेताले स्वागत गर्न एयरपोर्ट पुग्नु आश्चर्यको विषय थिएन । तर, ओलीसँग डेढ वर्षयता रुष्ट गौतम अचानक विमानस्थल पुगेर ओलीको स्वागत गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

गौतम नेकपाभित्रका महत्वपूर्ण खेलाडी मानिन्छन् । पछिल्लो समय अर्का अध्यक्ष प्रचण्डसँग नजिकिएका उनले पार्टीको संगठन विभाग देखि चुनाव लड्ने टिकटको समेत आशा राखेका छन् । त्यसका लागि ओली सरकारात्मक भएका छन् । गौतमलाई प्रचण्डको नजिकबाट तान्न ओलीले नयाँ रणनीति चालेका छन् । यसलाई सफल बनाइसकेको एयरपोर्टमा गौतम पुगेको घटनाले पुष्टि गर्न बल पुर्याएको छ ।

हक्की नेता गौतम हत्तपत्त कसैलाई स्वागत गर्न एयरपोर्ट पुग्दैनन् । त्यसमाथि उनी लामे समययता ओलीसँग टाढिएका छन् । विगतमा ओलीको विदेश भ्रमणहरुमा उनी बिदाई र स्वागत कार्यक्रममा पुगेका थिएनन् । यसपटक विमानस्थल पुगेपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलवाजीहरु भए ।

कमेन्टहरु
Loading...