जनतालाई सही व्यक्ति छान्ने अवसर छः डा. रिजाल

पोखरा, ८ मंसिर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्कीका चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले जनतालाई सही व्यक्ति रोज्ने अवसर आएको बताएका छन् ।

पोखरा महानगरपालिका–२१, ठूलीस्वाँरामा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल जत्तिको निष्ठावान व्यक्तित्व नेपाली राजनीतिमा कहिल्यै नपाइने बताए ।

‘एकतिर ६० बर्षको राजनितिमा निष्ठापूर्वक बसेका खेमराज पौडेल खडा हुनुहुन्छ । अर्कोतिर भ्रष्टाचारको सबैभन्दा ठूला प्रतिमुर्ति बनेको कम्युनिष्ट पार्टी बसेको छ’, उनले भने ‘कसलाई रोज्ने तपाइँहरूको हातमा छ ।’ उनले अहिलेको मत खेमराज पौडेलका लागि मात्र नभएर ब्यवस्था परिवर्तन गर्न खबरदारीका लागि पनि आवश्यक रहेको बताए ।

त्यस अवसरमा ठुलीस्वाँरा टोल विकास संस्थाका अध्यक्ष नरबहादुर राना, स्थानीय समाजसेवी नरबहादुर राना, भिमबहादुर रानाले कांग्रेस नेताहरुलाई स्थानीय समस्या बार गुनासो सुनाएका थिए ।

कोणसभामा उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर गुरु बराल, नेताहरू धनराज गुरुङ, देवराज चालिसे, सोभियतबहादुर अधिकारी, सांसद बृन्दादेवी रलगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...