जति अध्यादेश रोकिन्छ त्यति देउवा सरकारको आयु लम्बिन्छ : फोरम

९ पुस/  राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न संघीय समाजवादी फोरम नेपालले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् ।

शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले दलहरुसँग परामर्शका क्रममा रहेका  आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग छलफल गरेकी हुन् ।

जति दिन अध्यादेश रोक्यो, त्यति नै शेरबहादुर देउवा सरकारको आयु लम्बिनु हो’ नेता श्रेष्ठले भने ।

राष्ट्रपति भण्डारीले चुनाव प्रणालीबारे दलहरुबीच विवाद देखिएको भन्दै फोरमको धारणा मागेकी छन् ।

जवाफमा फोरम नेताहरुले भने कांग्रेस र एमालेले नाफाघाटा हेर्दा यो अवस्था आएको बताएका छन् ।

कमेन्टहरु
Loading...