चुनावमा हार पछि काङ्ग्रेसको पहिलो बैठक

१४ पुस/ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।

मंसिरको भएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पराजित भएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बोलाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको बैठकमा प्रदेशसभामा समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउने मुख्य एजेण्डा रहेको नेताहरुले बताएका छन्।

कमेन्टहरु
Loading...