गच्छदारले मतपेटिका साटेको भन्दै भगवतीले गरिन पुन मतदानको माग

सुनसरी, २७ मंसिर– सुनसरी – ३ को मतगणना अन्तिम चरणमा पुगेको समयमा सो क्षेत्रकी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले मतपेटिका साटिएको भन्दै पुन मतदानको माग गरेकी छिन्।

चौधरीले प्रशासनको सहयोगमा सो क्षेत्रमा कांग्रेसका उम्मेदवार रहेका उप प्रधानमन्त्री विजयकुमार गच्छदारले मतपेटिका साटे दावी गर्दै पुन निर्वाचन गरेकी हुन्।

गच्छदारले साटेको मतपेटिका र सिलबन्दी मुचुल्कासहित इनरुवामा भेटिएको भन्दै चौधरीले पुन: निर्वाचनको माग गरेकी हुन्। मतदाताले दिएको मत फ्याकेर अर्कै मतपेटिकाबाट मत गणना गरिएको उनको दावी छ ।

विवादको कारण देशको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फ भएको मतगणनाको सबैतिरको अन्तिम नतिजा आइसक्दा पनि सुनसरी ३ को भने नतिजा सार्वजनिक भएको छैन । चौधरीले गणनामा समेत धाँधली भएको आरोप लगाउँदै आएकी छिन्।

०७० सालको संविधानसभा निर्वाचनमा गच्छदारले चौधरीमाथि झिनो मतान्तरले विजयी भएका थिए। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार गच्छदारले अग्रता लिएका छन्। करिव साढे तीन हजार मत गन्न बाँकी रहेको समयमा गच्छदारले ५२५ मतको अग्रता लिएका छन्। गच्छदार ३७ हजार ५७५ मत प्राप्त गरेका छन्। भने चौधरीले ३७ हजार ५० मत प्राप्त गरेकी छिन्।

सो निर्वाचन क्षेत्रमा ८१ हजार ७१६ मतको गणना भैसकेको छ भने अब ३ हजार ४८१ मत गणना हुन बाँकी रहेको छ। गच्छदारमाथि चौधरीले लामो समयदेखि अग्रता लिँदै आएकी थिइन्।

कमेन्टहरु
Loading...