केकि अधिकारीलाई लालबाबु पण्डितले दिए अटोग्राफ !

पौष ५/ अभिनेत्री केकि अधिकारी आफ्नो फिल्मको सिलसिलामा बिराटनगर थिइन । राज्जा रानी क्याम्पेनका लागि पूर्वी नेपालको विराटनगरमा रहेकी अधिकारी एमाले नेता  लालबाबु पण्डितको ठुलै समर्थक हुन भन्ने पनि पुष्टि भएको छ ।

धेरैले रुचाएका एमाले नेता लालबाबु पण्डित पनि चुनाव जितेपछि अहिले चर्चामा छन् ।

पण्डितलाई देखेपछि केकीले हजारको नोटमा लालबाबुको अटोग्राफ लिइन्। चल्तीकी सिनेमा नायिकाले आफूबाट अटोग्राफ लिएपछि लालबाबु पनि के कम? उनले केकीको सौन्दर्य प्रशंसा गर्न भ्याए। लगत्तै फिल्मको गीतमा उनले केकी र नाजिरसँग कम्मर भाँचे।

कमेन्टहरु
Loading...