कास्की काँग्रेस द्वारा मतदातालाई आभार व्यक्त

पोखरा, १६ मंसिर । नेपाली काँग्रेस चुनाव प्रचार मूल समिति कास्कीले काँग्रेसको पक्षमा मतदान गर्ने मतदाता प्रतिआभार व्यक्त गरेको छ ।

समितिका संयोजक कृष्णबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गरी नेकपाले सत्ताको दुरुपयोग गरी गरेका सबै हर्कतका बाबजुद पनि काँग्रेसलाई मतदिने मतदाता प्रति आभार व्यक्त गरेका छन् ।

विज्ञप्तिमा निर्वाचनको बेला विभिन्न स्थान मामतदातालाई आतंकित पार्ने गरी गरिएका विष्फोटका घटना र वडा प्रहरी कार्यालय बैदामका डिएसपीको सरुवाको निन्दा गरिएको छ ।
त्यस्तै, निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन कार्यालय, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारलाई धन्यवाद दिइएको छ ।

विज्ञप्तिमा निर्वाचन अवधिमा कास्की आएर सहयोग गर्ने पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा.सशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्व प्रकाश शर्मा, केन्द्रीय प्रतिनिधि डा मिनेन्द्र रिजाल लगायत पार्टी केन्द्रका पदाधिकारी र केन्द्रिय सदस्यहरु प्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

यसैबीच, कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको उपस्थितिमा सोमबार बसेको बैठकले केहीदिन भित्र निर्वाचनको समीक्षा गर्दै पार्टी सुदृढिकरणका अभियान सुरुगर्ने निर्णय गरेको छ ।

बैठकमा केन्द्रिय सदस्यएवं प्रतिनिधिडा.मिनेन्द्र रिजालले पार्टीलाई सुदृढीकरण गर्नुको बिकल्प नभएको बताए । ‘बलियो पार्टीमामात्रै हामी सबै सुरक्षित हुन्छौ, उनले भने, ‘सबैमिलेर पार्टीलाई सशक्त र मजबुदबनाउन जुटौं ।’

उम्मेदवार खेमराजपौडेलले पार्टीभित्र र बाहिरबाट ठूलो साथ सहयोग र सहानुभूतिपाएको उल्लेख गरे । निर्वाचनकालागिकात्तिक २५ गते पोखरा आएका नेता रिजाल सोमबार राजधानीफर्केको जिल्ला सदस्यनवीनसिग्देलले जानकारी दिए ।

जनताका आवश्यकता पूरा गर्न खटिरहन्छु – पौडेल

कास्की क्षेत्र नं २ उपनिर्वाचनमा काँग्रेस तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार खेमराज पौडेलले निर्वाचनका बेलाजनताका बीच गरेकाप्रतिवद्वता पूरा गर्न सदैव क्रियाशीलबन्ने बताएका छन् ।

उम्मेदवार पौडेलले सोमबार विज्ञप्ति प्रकाशित गरी निर्वाचनमा प्राप्त सहयोग, सद्भाव र सहानुभूति प्रति आभार व्यक्त गरेका छन् ।

विज्ञप्तिमा निर्वाचनलाई सफलबनाउन खट्ने निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई धन्यवाददिइएको छ । त्यस्तै, निर्वाचनमाअहोरात्र खट्ने पार्टीका नेतातथाकार्यकर्तालाई निराशनहुनआग्रह समेत गरिएको छ ।

विज्ञप्तिमा निर्वाचितविद्याभट्टराईलाई बधाई ज्ञापन गर्दै रचनात्मककाममा सदैव सहयोग रहने र जनताको आवश्यकता पूरा गर्न खटिरहने उल्लेख गरेका छन् ।

कमेन्टहरु
Loading...