कास्की काँग्रेसको समायोजन तालिका तय

पोखरा, १३ भदौ / कास्की काँग्रेसले भदौ २० गतेभित्र सक्ने गरी पहिलो चरणको स्थानीय तह पार्टी संरचना समायोजन तालिका तय गरेको छ ।

कास्की काँग्रेसको बैठकले क्षेत्र नं १ मा १८ गते, क्षेत्र नं २ मा १९ गते र क्षेत्र नं ३ मा २० गते समायोजन भेला गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

प्रतिनिधि डिएल कास्कीका अध्यक्ष विष्णु शर्मा मरासिनीको उपस्थितिमा भएको बैठकले क्षेत्र नं १ को खुदीस्थित पार्टी कार्यालय , क्षेत्र नं २ को जिल्ला पार्टी कार्यालय र क्षेत्र नं ३ को हेमजास्थित पार्टी कार्यालयमा भेला गर्ने निर्णय गरेको छ ।

बैठक कास्की काँग्रेसका कार्यवाहक सभापति आइबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...