कम्युनिष्ट सरकारका कारण आर्थिक बृद्धिदर बढ्योः देब गुरुङ

पोखरा, ९ मंसिर / नेपाल कम्युनिष्ट पार्टी.(नेकपा)का स्थायी कमिटी सदस्य देब प्रसाद गुरुङ्गले नेपालमा कम्युनिष्ट सरकार स्थापनाको दुई बर्षमै आर्थिक बृद्धिदर ईतिहासकै उच्च बिन्दूमा रहेको बताउनु भएको छ ।

पोखरामा आयोजित चुनावी सभालाई संबोधन गर्दे उहाँले आयात कम र र्नियात बृद्धि, पाईपलाईन बाट ईन्धन आयात, खाद्यान्नमा आत्मर्निभरको बाटोमा देश अगाडी बढ्नुमा कम्युनिष्टहरुले सरकारको नेतृत्व गरेको कारण मात्र संभव भएको बताउनु भयो ।

नेपाललाई अन्र्तराष्ट्रिय क्रिडा स्थल बनाउनको लागि साम्राज्यबादी शत्तिहरुले अहिलेका सरकारका बिपक्षीहरुलाई प्रयोग गरिरहेको तथ्य पनि सार्बजनिक भएको उहाँको भनाई थियो । नेपाली भुमि माथि ठाडो हस्तक्षेप गरेर नयाँ नक्सा निकाल्ने तथा नेपाली भुमिमा भारतिय सेना प्रबेश गराउने कार्य केवल दुई देशको बिषय मात्र नभएको उहाँको भनाई थियो ।

यो एक अन्र्तराष्ट्रिय बिषय भएकोले हामिले यसलाई कुुटनितिक तवरमबाट हल गर्ने कुरा उहाँले स्पष्ट पार्नु भयो । यो केवल कम्युनिष्टहरुले मात्र सक्ने कुरा हो , अरुको आशा गर्नु बेकार हो– उहाले भन्नु भयो ।

पोखरा १६ बाटुलेचौरमा आयोजना गरिएको चुनावी सभामा नेकपाका केन्द्रीय सदस्य अगराज अधिकारी, ठाकुर गैरे, राजकाजि गुरुङ्ग, कृष्ण थापा तथा उप– र्निबाचन का नेकपा उमेदवार बिद्या भट्टराईले संबोधन गर्नुभएको थियो । मंसिर १४ मा कास्की र्निबाचन क्षेत्र नं २ मा उप र्निबाचन हुदैछ ।

कमेन्टहरु
Loading...