मलाइ सरकारमा बस्न कुनै रहर छैन : देउवा

234

१६ पुस / प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सरकारमा बसिरहन कुनै रहर नभएको बताउनुभएको छ । शनिबार टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चाँडै सरकार छाड्ने बताउनुभयो ।

त्यस कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी भएपछि राजनीतिक गतिरोध तोडिएको बताउनुभयो । उहाँले अध्यादेश जारी गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिदै विभिन्न आन्दोलनको नेतृत्व गरेको काँग्रेसप्रति शङ्का नगर्न पनि आग्रह गर्नुभयो ।