पोखरामा युवा दिवस मनाइयो

पोखरा, २८ साउन/जिल्ला युवा समितिको कार्यालय कास्कीको आयोजनामा “शान्ति र संवृद्धिमा युवा” भन्ने नाराका साथ साउन २८ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । समितिका अध्यक्ष आशिर्वाद सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री खगराज अधिकारीले युवालाई स्वदेशमै टिकाउका कार्यक्रम ल्याउन जरुरी भएको बताए ।

स्वागत मन्तव्य राख्दै सो कार्यालयका उपसचिव नगेन्द्रराज पौडेलले युवाका कार्यक्रम छिरलिनु भएन, एकद्वार प्रणाली अनुसार युवाका कार्यालयवाटै संचालन गरिन पाउनुपर्ने बताए । उक्त समितिका सदस्य तथा जिल्ला समन्वय समिति कास्कीका अधिकृत अर्जुन न्यौपानेले संचालन गरेको सो कार्यक्रमको दोस्रो चरणमा ‘नेपालको वर्तमान अर्थनीति र युवा’ विषयमा अन्तरक्रिया संचालन गरिएको थियो ।

अन्तरक्रियात्मक कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा. लेखनाथ भट्टराई, ओम विकास वैंकका नायव मुख्य अधिकृत वुद्धिबहादुर मल्ल, कृषि विकास वैंकका शाखा प्रबन्धक रुद्र कुमार श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

कमेन्टहरु
Loading...