कार्यभार सम्हाल्दै पर्यटनमन्त्री भट्टराईले भने रवीन्द्रका सपना पुरा गर्छु

काठमाडौँ, १५ साउन / नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले कार्यभार सम्हाल्दै पुर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारले देखेका सपना पुरा गर्ने बताएका छन् ।

शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो पद तथा गोपनियताको शपथ लिए लगत्तै भट्टराई पर्यटन मन्त्रालय पुगेर कार्यभार ग्रहण गरेका छन् ।

उक्त मन्त्रलाय तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि प्रधानमन्त्री ओलीले सम्हाल्दै आएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भट्टराई पहिलो पटक मन्त्री बनेका हुन् ।

कमेन्टहरु
Loading...