यतीको विमान पांग्रा लक हुदाँ अवरुद्ध पोखरा विमानस्थल २ घण्टा पछि सञ्चालनमा

पोखरा, २७ चैत /यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा पांग्रा लक भएर अवरुद्ध विमानस्थल करिब २ घण्टा पछि खुलेको छ । प्राविधिकको टोलीले विमान मर्मत गरि पार्किङ लगेपछि विमानस्थल सञ्चालनमा आएको पोखरा विमानस्थल प्रमुख भोला गुरागाइँ बताए ।

काठमाडौंबाट पोखरा आउदै गरेको यती एयरलाइन्सको ९–एनएएचयू कल साइनको जहाजको पोखरामा अवतरणको क्रममा अगाडिको चक्का लक भएपछि धावन मार्ग अवरुद्ध भएको थियो ।

जहाज पांग्रा लक भए पछि जहाज धावनमार्गमा नै अड्किएको थियो । २८ जना यात्रु लिएर पोखरा आएको जहाज सबै यात्रुसहित चालक दलका सदस्यहरु सुरक्षित रहेका थिए ।

यतीको विमान पांग्रा लक हुदाँ अवरुद्ध पोखरा विमानस्थल २ घण्टा पछि सञ्चालनमा
यतीको विमान पांग्रा लक हुदाँ अवरुद्ध पोखरा विमानस्थल २ घण्टा पछि सञ्चालनमा
कमेन्टहरु
Loading...