यातायात मजदुर संगठन गण्डकीको अध्यक्षमा खत्री

पोखरा, १ भदौ/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा विष्णुबहादुर खत्री क्षेत्री, उपाध्यक्षमा तिलबहादुर विक, सचिवमा नारायणप्रसाद रिमाल, महिला सचिवमा धनुमाया दाहाल, शिक्षा सचिवमा डिल्लीराम भट्ट र आर्थिक सचिवमा डिलबहादुर तुलाधर (राजु )रहेका छन ।

प्रदेश कमिटीको सदस्यहरुमा भानुभक्त सुवेदी, बेलबहादुर केसी, बालकृष्ण पोखरेल, वशन्त बराल, भरतबाबु बोगटी, मदन गुरुङ, तेजबहादुर सुवेदी, चुडामणि शर्मा पोखरेल, पित्मबहादुर पौडेल, केशव खतिवडा र दिपक रोकामगर रहेका छन ।

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गरेको अधिवेशनमा यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्री, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका केन्द्रीय उपाध्यक्ष तथा पृथ्वीराजमार्ग बस व्यवसायी कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी,यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीका अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, उपाध्यक्ष धनबहादुर घर्तीमगर, सचिव हरेराम धिताल लगायतले वोलेका थिए ।

समृद्धिको लागि श्रमशक्तिको सुरक्षा, यात्रुमैत्री व्यवहार र आपसी हार्दिकता भन्ने नाराका साथ अधिवेशन भएको थियो ।

कमेन्टहरु
Loading...