कीर्ति स्मृती पत्रकारिता पुरस्कारबाट सम्पादक घिमिरे सम्मानित

सागरा राज तिमिल्सिना
पोखरा १९ चैत/पत्रकार युवराज घिमिरे कीर्ति स्मृती पत्रकारिता पुरस्कारबाट पोखरामा सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरे । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित समाजसेवी कीर्तिवहादुर केसीको स्मृतीमा सुर्यप्रेम वहुउद्धेश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित पुरस्कार पहिलो पटक घिमिरेलाई प्रदान गरिएको हो ।

कार्यक्रमका समाजसेवी सूर्यबहादुर केसीले घिमिरेलाई सम्मानपत्र र एक लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरे । पुरस्कार प्रदान गर्दै समाजसेवी केसीले समाज परिवर्तनका लागि पत्रकारिता यसअघि गठित पुरस्कार छनौट समितिको सिफारिशका आधारमा घिमिरेलाई पुरस्कृत गरिएको हो ।

सन १९८० देखी पत्रकारिता सुरु गरेका घिमिरे हाल काठमाण्डौवाट प्रकाशित अन्नपुर्ण पोष्ट दैनिकको प्रधान सम्पादक हुन् । भारतको पटनामा वसेर युनाईटेड न्युज एजेन्सीवाट उहाँले पत्रकारिताको सुरुवात गरेका थिए । उनले विविसि नेपाली सेवाको संवाददता, कान्तिपुर दैनिक र दि काठमाण्डौ पोष्ट र समय साप्ताहिकमा यस अघिनै संपादकको रुपमा काम गरिसकेका छन् ।

हरेक वर्ष राष्ट्रिय स्तरको पुरस्कार संचालनका लागी सुर्यप्रेम वहुउद्धेश्यीय समाजसेवा ट्रष्टले नेपाल पत्रकार महासंघ कास्कीको नाममा ११ लाख ११ हजार एक सय ११ रुपयाँको अक्षयकोष स्थापना गरेको छ ।

कमेन्टहरु
Loading...