विश्वशान्ति पुजालाई पर्यटन व्यवसायिको सहयोग

पोखरा, १५ माघ /नेपाल पर्वतारोहण संघद्धारा अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा हुने तेश्रो विश्वशान्ति पुजा सफल बनाउन यहाँका पर्यटन व्यवसायिहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

पुजा व्यवस्थापन समितिद्धारा पोखरामा आयोजित छलफल कार्यक्रममा व्यवसायिहरुले पोखराको प्रतिष्ठासंग जोडिएको पुजाले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्दै आवश्यक सहयोग गर्ने सामुहिक धारणा राखेका हुन ।

पुजा आयोजक समितिका संयोजक हरिध्वज तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा ट्रेकिङएजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, होटल एशोसिएन अझ नेपाल, नेपाल पर्वतारोहण संघ अन्नपूर्ण शाखा लगायत विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।

बौद्ध दर्शनको माध्यमबाट विश्वमा स्थायी शान्ति कायम गर्दै समाज, राष्ट्र एवम् विश्वमा धार्मिक सहिष्णुताको सन्देश पु¥याउने लक्ष्यका साथ सञ्चालन हुने पुजामा मुख्य रिन्पोछे विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछे रहनु भएको छ ।

हिमाल आरोहण एवम् पदयात्राका क्रममा दिवंगत भएका सम्पूर्ण आत्माको चिर शान्तिको कामना गर्दै पोखरामा यही माघ २० देखि २२ गतेसम्म हुने विश्व शान्ति पुजामा गौतम बुद्ध जन्मस्थल लुम्विनीबाट शान्तिको प्रतिक दिप ल्याउने कार्यक्रम रहेको छ ।

पर्यटन व्यवसायिको छाता संगठन परिषदका अध्यक्ष चिरन्जिवि पोखरेलले समाजमा भातृत्व, सदाचार एवम् सदभाव कायम गर्न शान्ति पुजा कोशे ढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै यसलाई पोख्रेलीले अपनत्व लिनु पर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष तिर्थ अधिकारीले पुजामा स्थानीय संघसंस्थालाई परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । शान्ति दिप सहितको ¥याली फेवाताल किनारास्थित बाराही घाट, रत्न मन्दिर, हिमागृह, अम्वोट, सहिदचोक, हुँदै पर्वतीय संग्रहालयमा पुगेर धार्मिक सभामा परिणत हुने कार्यक्रम रहेको छ ।

 

कमेन्टहरु
Loading...