वल्र्डलिङक पोखराको सम्पर्क कार्यालय राष्ट्रबैङचोकमा

पोखरा १५ चैत्र / इन्टरनेट प्रदायक संस्था वल्र्डलिंक कम्युनिकेशनस पोखराले आफ्नो ग्राहक सेवालाई मध्येनजर गर्दै पोखराको राष्ट्रबैङचोकमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ । हालै सञ्चालनमा आएको सम्पर्क कार्यालयबाट वल्र्डलिङको सेवा बारेमा जानकारी, बिल भुक्तानी, नया जडान, इन्टरनेटमा आएको समस्याको समाधान संगै सम्पूर्ण सेवा लिन सक्ने वल्र्डलिङक कम्युनिकेशन पोखरा शाखाका प्रमुख युसफ श्रेष्ठले जानकारी दिए ।

राष्ट्रबंैङ्क चोकमा रहेको सम्पर्क कार्यालयबाट रत्नचोक, राष्ट्रबैङचोक, बिरौटा, छोरेपाटन, लेकसाइड, मुस्ताङचोक लगायत क्षेत्रका ग्राहकले वल्र्डलिङकको सम्पूर्ण सेवा प्राप्त गर्न सक्ने भएकाले ग्राहकहरुलाई वल्र्डलिङकको कार्यालय महेन्द्रपुल सम्म पुग्न नपर्ने शाखा प्रमुख श्रेष्ठले वताए ।

ग्राहकको सेवालाई मध्येनजर गर्दै यसअघि लेखनाथ क्षेत्रका ग्राहकलाई सेवा प्रदान गर्ने उद्देश्यले लेखनाथको तालचोकमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइसकेको छ । निकट भविश्यमा पोखराको बगर र अमरसिंह आसपासमा रहेका ग्राहकहरुलाई मध्येनजर गरी छिट्टै बगर र अमरसिंह चोकमा पनि सम्पर्क कार्यालय सञ्चालनमा ल्याइने वल्र्डलिङक पोखराका शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

वल्र्डलिङक पोखराले पछिल्लो समय फाइबरको माध्यमबाट तीब्र गतिमा इन्टरनेट र एच डी च्यानल सहित टेलिभिजनको सुविधा प्रदान गरेकाले ग्राहकको मन जित्न सफल भएको छ ।

कमेन्टहरु
Loading...