वडा अध्यक्षलाई मुक्का हान्ने विरुद्ध सार्वजनिक मुद्दा

पोखरा, १४ साउन /पोखरा महानगरपालिका २१ का वडा अध्यक्ष खगराज आचार्य माथि हातपात गनेविरुद्ध सार्वजनिक मुद्दा दर्ता भएको छ ।

दाताराम आचार्यले आइतबार पोखराको राष्ट्र बैंक चोकमा हातपात गरेपछि वडा अध्यक्ष आचार्यले प्रहरी कहाँ उजुरी दिएका थिए । पटक पटक आफूमाथि दातारामले दबाब दिएको अध्यक्ष आचार्यले बताए ।

‘कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाको विषयलाई लिएर दातारामले रिसीबी पालेका रहेछन्’, उनले भने, ‘मैले खानेपानी आयोजनाको लागि अनुगमन समिति बनाउनुपर्छ भनेको थिए । तर दातारामले मानेका थिएनन् ।

यही विषयलाई उनले मनमा लिएर हातपात गरेँ ।’ वडा अध्यक्षले खानेपानी आयोजनाको अनुगमन समिति बनाउनुपर्ने बताएपनि योजनाको अध्यक्ष रहेका दातारामले बनाउन मानेका थिएनन् ।

आइतबार दिउँसो राष्ट्रबैंक चोकमा जुस खाइरहेका अध्यक्ष माथी दातारामले एक्कासी हातपात गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप गरी उनीमाथि सोमबार सार्वजनिक मुद्दा चलाइएको बताए ।

कुटपिटमा संलग्न आचार्य पहिले वडा २१ कै हुन । अहिले बसाइँ सरेर वडा १७ बस्दै आएका छन् । वडा अध्यक्ष आचार्य माथि हातपात भएको देखेपछि नजिकै रहेका स्थानीयले थप कुटपिट हुनबाट जोगाएका थिए ।

कमेन्टहरु
Loading...