पोखरामा वर्डप्रेस क्याम्प २०१८ मंसिरमा हुने

पोखरा, ३ असार /वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा’ पहिलोपटक हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)मा पोखराको हुन लागेको हो । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तराष्ट्रिय कार्यक्रम हो ।

नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह वर्डप्रेस नेपालद्वारा वर्डक्याम्प पहिलोपटक आयोजना भई हरेक वर्ष आयोजना हुँदै आएको छ भने राजधानी बाहिर पहिलोपटक वर्डप्रेस पोखराले पोखरामा कार्यक्रम गर्न लागेको हो ।

इन्टरनेटको दुनियामा विश्वमा निर्माण हुने वेवसाइटहरुको ३० प्रतिशत भन्दा बढी वेबसाईटहरु वर्डप्रेस प्रयोग गरी बनाइनेएक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै विश्वमा प्रयोग गरिने कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुको ६० प्रतिशत भन्दा बढी हिस्सा वर्डप्रेसले ओगटेको उल्लेख छ । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्न देखि, ठुला ठुला समाचारमूलक वेवसाइट, इकमर्श वेवसाइट, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रख्यात छ ।

नेपालमा वर्डप्रेसमा मात्र काम गर्ने आइटि कम्पनिहरु सयौंको संख्यामा रहेको र सयौंको संख्यामा फ्रिल्यान्सरहरु रहेका छन् । नेपालका वर्डप्रेस विकासकर्ताहरुले बनाएका वर्डप्रेस सम्बन्धि विभिन्न उत्पादनहरुले विश्व बजारमा राम्रो स्थान ओगट्न सफल रहेको छ ।
यो कार्यक्रममा वर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति र कम्पनि, सूचना प्रबिधिमा भविष्य निर्माण गर्न खोजेका विद्ध्यार्थी तथा वर्डप्रेससँग काम गरि ख्यातिप्राप्त व्यक्तिहरुसँग प्रत्यक्ष भेटघाट गरि लाभ लिन सकिने बताइएको छ ।

कार्यक्रममा ४ सय जना भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । हाल १ सय जना भन्दा बढीले नाम दर्ता गराइसकेका छन् । वर्डप्रेस पोखराका अनुसार कार्यक्रममा सहभागि हुन चाहने पहिलो २ सय टिकट विशेष छुटमा प्रतिव्यक्ति १ हजारको दरले उपलब्ध गराउने छ र बाँकी टिकटको लागि प्रतिव्यक्ति १ हजार ५ सय लाग्ने जनाइएको छ ।

वर्डप्रेस समुदायमा आधारित भएको हुनाले विश्वका विभिन्न देशका वर्डप्रेस प्रयोगकर्ताहरुको समेत उल्लेख्य सहभागिता रहने आयोजकको दावी छ । वर्डप्रेस निशुल्करुपमा पाइनेबहुचर्चित ओपन सोर्स सफ्टवेयर भएको र यसलाई सजिलैसँग सिक्न सकिने भएकोले यसको प्रयोग वर्तमान समयमा दिन दुई गुणा रात चौगुणाको दरले वृद्धि भइरहेको छ ।

कमेन्टहरु
Loading...