महिला सुरक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री गुरुङ

पोखरा, २७ कात्तिक / गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ महिला तथा बालबालिकाहरुको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

महिला सुरक्षा गृह तथा बाल सम्पर्क गृह निर्माणका लागी ध्यानकर्षण गराउन पुगेका नागरिक समाजको प्रतिनिधिहरुसंग भेटका क्रममा उनले हिसाँमा परेकाहरुको लागि सामाजिक बिकास मन्त्रालयसंगको समन्वयमा सुरक्षा गृह प्रकृया अगाडी बढाउने प्रतिबद्धता जनाए ।

‘प्रदेश सरकारले चलाउने भन्ने सम्भावना रहंदै व्यबस्थापन गर्न सक्छ चलाउन’,उनले भने,‘संरचना बनाउने भन्दा पनि बनिसकेका संरचनालाई उपयोग गर्न मिल्ने गरि अगाडी बढौं’ ।

गैरसरकारी संस्था महासंद्यका राम सुवेदीले लामो समयदेखी सुरक्षा गृह बनाउन पहल गरेतापनि सफल हुन नसकेको स्मरण गर्दै सुरक्षा गृह प्रदेश सरकारको प्रतिष्ठा जोडिएकाले तत्काल पहल गर्न आग्रह गरे ।

इन्सेक गण्डकी प्रदेश कार्यलय संयोजक शिवप्रसाद खकुरेलले महिला तथा बालबालिका सुरक्षाका लागी सुरक्षा घर अत्यावश्यक रहेको बताउँदै स्वास्थ्य र सुरक्षाको दृष्टिकोणबाट पनि सहज हुने गरि स्थान छनौट गरिनुपर्ने बताए ।

गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष गिरधारी शर्माले नयाँ संरचना निर्माण गर्ने भन्दा पनि भएका संरचनालाई उपभोग गर्ने गरि स्थानको खोजी गरिने बताए । उनले सरकार र गैरसरकारी संस्थाको समन्वयमा सुरक्षा गृह संचालन गर्न सकिने धारणा राखे ।

ध्यानाकर्षणका लागी शान्तिका लागी नागरिक समाजको संजालका अध्यक्ष विष्णु बराल,कोपिला नेपालका कार्यकारी निर्देशक बिना सिलवाल , महिला मानवअधिकार रक्षक संजालको अध्यक्ष जानकी शर्मा , एड्भोकेसी फोरमकी सरला पाण्डे लगायत मुख्यमन्त्री कार्यलय पुगेका थिए ।

कमेन्टहरु
Loading...