महिला सशक्तिकरणको लागि आर्थिक सम्वृद्धि आवश्यक

पोखरा, ६ जेठ /महिला पर्यटन व्यवसायी मञ्चको आयोजनामा महिलाको आर्थिक सशक्तीकरणमा स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जमुना पराजुलीको अध्यक्षता तथा प्रदेश ४ का उपसभामुख सृजना शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । महिला सशक्तीकरणको लागि आर्थिक सम्वृद्धि हुनुपर्ने शर्माले बताइन् । समग्र ४ नंवर प्रदेशमा पर्यटन व्यवसाय आर्थिक सम्वृद्धिको पाटो बन्नसक्ने भएकोले यस व्यवसायलाई राम्रो सगँ संचालन गर्नुपर्नेमा उनको जोड थियो ।

पोखरा लेखनाथ महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिला सशक्तीकरणका लागि स्थानिय तहले सहयोग गर्ने बताईन् ।
संस्थाका सल्लाहकार देवका पहारीले कार्यक्रमको वारेमा प्रकाश पारेकी थिईन् । राजनैतिक परिवर्तन सगै आर्थिक सशक्तिकरण हुनुपर्नेमा उनले जोड दिईन् । आर्थिक सशक्तिकरणका विभिन्न प्याकेज ल्याएर रोजगारी सृजना गर्नु आवस्यक रहेको उनले बताईन् ।

पोखरालेखनाथ महानगरपालिका वडा नं ६ का अध्यक्ष जगत पहारीले महिलाको नेर्तत्व विकासको लागि रकम छुट्याएको जानकारी दिए । साथै महिलालाई नहिच्किचाई अगाडी बढ्न आग्रह गरे । वडामा हुने कार्यक्रम सफल बनाउन महिलाको भुमिका उल्लेख्य रहेको बताए । पोखरा पर्यटन परिषद्का सचिव नवराज अधिकारीे महिला सशक्तिकरणको लागि पुरुषले सहयोग गर्नुपर्ने बताए ।

महिलाको आर्थिक, शैक्षिक तथा राजनैतिक पहुँच बढाउनु आवस्यक छ , उनले भने । कार्यक्रममा पोखरा नागरिक मञ्चका संयोजक विष्णुहरी अधिकारी, वडा महिला समन्वय समितिका संयोजक विष्णु के.सी लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत गर्दै संस्थाका अध्यक्ष जमुना पराजुलीले महिलाको क्षमता अभिवृद्धिको लागि विभिन्न कार्यक्रम गर्दै आईरहेको जानकारी दिईन् । महिलाको आर्थिक सशक्तिकरणको लागि आफुहरु खटेर लाग्ने बताईन् । कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले गरेकी थिईन् ।

कमेन्टहरु
Loading...