आजदेखि मौसममा सुधार आउने, शनिबार फेरि वर्षा

पोखरा, १५ फागुन / देशको मध्य तथा पश्चिमी भू–भागका केहि स्थानमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

बिहीबार दिउँसो देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राती पनि देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ । अपरान्ह पश्चात देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

शनिबार देशको पश्चिमी भू–भाग लगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

मौसम विश्लेषणMeteorological Analysis):-

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको मध्य तथा पश्चिमी भू-भागका केहि स्थानमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहि मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १ गते (शुक्रबार)

दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १ गते (शनिबार)

दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

कमेन्टहरु
Loading...