कर्ण शाक्यको वाटरफ्रण्ट रिसोर्टले फेवातालको मापदण्ड मिचेरको निश्कर्ष, भत्काउन सुझाव

पोखरा, २२ साउन /पोखराको फेवाताल किनार नजिकै निमार्ण भएको कर्ण शाक्यको वाटरफ्रण्ट रिसोर्टले फेवातालको मापदण्ड मिचेको सम्बन्ध धेरै चर्चा चलेका थिए । सर्वोच्चमा मुद्धा नै परेपछि सरकारी छानवीन समिति गठन भयो । समितिले रिसोर्टले फेवाताल मिचेको निश्कर्ष निकालेको छ ।

समितिको प्रतिवेदन सर्वोच्च अदालतमा पुगेको र साउन ३१ देखि बहस सुरु हुने बताईएको छ । सर्वोच्चको आदेश अनुसार प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठन भएको छाननिन समितिले दिएको प्रतिबेदनमा होटलका दुईवटा भवन मात्रै फेवाताल बाहिर छन् । बाँकी सबै संरचना फेवाताल अतिक्रमण गरेर बनाइएकोे प्रतिबेदन पेस भएको छ ।

प्रतिवेदन अनुसार शाक्यको होटलका अधिकांश संरचना फेतावालको ६५ मिटर क्षेत्रभित्रै बनेको पाइएको छ । पानी शुद्धीकरण गर्ने ट्यांक, स्वीमिङ पुल, शौचालय, ट्रस, बगौंचा, मुल गेट र पालेघर लगायतका संरचना तालको किनारामा बनेका छन् । रिसोर्टले भूमिगत बाटोमा बगैंचा तथा त्यसभित्रको व्यक्तिगत बाटो बनाई भोगचलन गरेको प्रतिबेदनमा उल्लेख छ ।

कमेन्टहरु
Loading...