नेपाल भेटेरिनरी एशोसियसन प्रदेश नम्बर चारको अध्यक्षमा पाण्डे

पोखरा, १९ चैत्र / नेपाल भेटेरिनरी एशोसियसन प्रदेश नम्बर चार प्रदेश समितीको अध्यक्षमा डाक्टर केदारनाथ पाण्डे चयन भएका छन । शनिवार पोखरामा सम्पन्न नेपाल भेटेरिनरी एशोसियसनको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

समितीको उपाध्यक्षमा डाक्टर रुपेश श्रेष्ठ, सचिवमा डाक्टर राजेश कुमार चौधरी, सह सचिवमा डाक्टर गणेश केसी र कोषाध्यक्षमा डाक्टर अनन्त तिवारी चयन भएका छन । समितीको सदस्यहरुमा डाक्टर सत्रुधन शाह, डाक्टर प्रविण सिंह लामा, डाक्टर पूर्ण बहादुर श्रेष्ठ र डाक्टर बिन्दु अधिकारी चयन भएका छन ।

अधिवेशनको उद्घाटन गर्दै चार नम्बर प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले भेटेरिनरी एशोसियसनको गठनले चार नम्बर प्रदेशको पशुपालनको क्षेत्रमा टेवा पुग्ने वताउदै आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कमेन्टहरु
Loading...