सञ्चयकोष पोखरा शाखाको सेवा विरौटाबाट सुरु

पोखरा, ३ असार /पोखरा महानगरपालिका बडा नम्बर ९ नयाँबजारस्थित भवनबाट विभिन्न सेवा सुविधाहरु प्रवाह गरिरहेकोमा असार १ गतेदेखि पोखरा–१७, विरौटा स्थित भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।

नयाँवजारमा रहेको कार्यलय पुरानो भएकोले अत्याधुनिक सुविधा सहितको कार्यालय भवन बनाउनको लागि पोखरा १७ विरौटास्थित आफ्नै भवनबाट सेवा प्रवाह गरिएको कार्यालय प्रमुख दिलिपराज पौडेलले वताए ।

कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्तालाई उपलब्ध गराइने सेवा सुविधाहरु स्थानीय स्तरमा नै उपलब्ध गराउदै जाने नीति अनुरुप वि.सं. २०५३ सालमा पर्यटकीय नगरी पोखरामा स्थापना भएको उक्त शाखाले गण्डकी प्रदेशको गण्डकी र धौलागिरी अञ्चलमा रहेका १० जिल्लाहरुलाई समेटेको छ ।

कार्यालयले कोषकट्टी एवम् विशेष सापटीको फाँटवारी संकलन, जम्मा रकमको ८० प्रतिशतसम्म विशेष सापटी, धितोमूलक सापटीहरुमा घर सापटीतर्फ वढिमा १ करोडसम्म, शैक्षिक सापटीतर्पm १० देखि २५ लाखसम्म, घर मर्मत सापटी तर्फ वढिमा २५ लाखसम्म प्रदान गर्दै आईरहेको छ ।

त्यसै गरी सञ्चयकर्ताहरुलाईसामाजिक सुरक्षा सुविधाहरु अन्र्तगत दुर्घटना क्षतिपुर्ति योजनातर्फ बढीमा २ लाखसम्म, संचयकर्ताको मृत्यु भएमा हकवालालाई काजक्रिया खर्च ४० हजार अनुदान, सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम अन्तर्गत ७ हजार पाँच सय यस शाखाबाट उपलब्ध गराउदै आएको प्रमुखले वताए ।

उल्लेखित सेवा प्रवाहका अतिरिक्त खाता एकिकरण, निजि क्षेत्रका होटल, सहकारी, लघु वित्त लगायतका संचयकर्ताको कोष कट्टि रकमको फाँटवारी प्रविष्ट तथा व्यवस्थापनको कार्य समेत गर्दै आएको छ ।
कोषले सामाजिक सुरक्षणको अवधारण अनुरुप आफ्ना सञ्चयकर्ताहरुलाई विभिन्न सेवा सुविधा विस्तार गर्ने क्रममा राष्ट्रिय वीमा कम्पनीसंग मिति २०७५ मंसिर १ गतेदेखी लागू हुने गरी स्वास्थ्य वीमाकोलागी सम्झौता गरि सकेको छ ।

सम्झौता अनुसार कोषका सञ्चयकर्ताहरुको लागी सामान्य उपचारकोलागी १ लाख र घातक रोग उपचारकोलागी १० लाखसम्मको वीमा सुविधाको व्यवस्था गरेको पौडेलले वताए । साथै उनले शल्यक्रिया मार्फत प्रसुति भएको अवस्थामा वढीमा ४ हजार ५ सय सम्म पाउन सक्ने व्यवस्था वताए ।

कोषको दुरदृष्टि र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि सञ्चयकर्ताहरुका लागि प्रवाह गर्ने सेवा तथा सुविधालाई सहज, सरल र प्रभाबकारी बनाउन सदैब प्रयत्नशील रही आएको वताउँदै सञ्चयकर्ताहरुको अभिलेख विवरण अध्यावधिक गर्नको लागी ग्राहक पहिचान फारम अपडेट सुरु गरिसकेको हुँदा अनिवार्य रुपमा भर्नुपर्ने कार्यलय प्रमुख पौडेलले वताए ।

कमेन्टहरु
Loading...