भ्रष्ट्राचार विरुद्ध अभियानमा संगठित हुदै पोखराका क्लव तथा संघ सस्थाहरु

पोखरा २८ माघ/पोखरामा रहेका क्लवहरुले एकजुट भएर भ्रष्ट्राचार विरुद्ध अगाडी वढ्ने भएका छन । स्थानिय होस या केन्द्रिय स्तरमा सरकारी कार्यालयहरुमा हुने भ्रष्ट्राचारका गतिविधीहरुलाई खवरदारी गर्नका लागी पोखराका क्लवहरु एकजुट भएका हुन ।

सामाजिक क्षेत्रमा क्रियाशिल स्थानिय युनाइटेड क्वल अमरसिंह चोकको अगुवाइमा बुधवार पोखरामा सम्पन्न पोखराका विभिन्न क्लवहरुको भेलाले जस्तोसुकै भ्रष्ट्राचारका गतिविधीको विरोधमा हातेमालो गरेर अगाडी वढ्ने निर्णय गरेका हुन ।

भेलामा सहभागी पोखराका सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लव पोखरा, इन्द्रेणी एकीकृत सामुदायिक बिकास केन्द्र पोखरा, जागरण अभियान नेपाल, आदर्श सामुदायिक बिकास समाज, ए सी नेपाल लगायतका संस्थाहरुको संयुक्त बैठकले पछिल्लो समय नेपालमा भ्रष्ट्राचारका गतिबिधीहरु दिन प्रतिदिन बढ्दै गएकाले विभिन्न संघ सस्था तथा क्लवहर संग सहकार्य गरेर आगामी दिनमा भ्रष्ट्राचार न्युनिकरणका लागी पहलकदमी थाल्ने निर्णय गरेको युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेलले जानकारी दिए ।

बुधवार सम्पन्न भेलामा युनाइटेड क्लवका अध्यक्ष हिमालय बख्रेल, उपाध्यक्ष सुक वहादुर गुरुङ, इन्द्रेणी एकीकृतका अध्यक्ष भानुभक्त अधिकारी, इन्द्रेणीका सदस्य प्रकाश सुवेदी, जागरण अभियान नेपालका अध्यक्ष्ँ मोती राज तिमिल्सिना, आदर्श समाज सामुदायिक विकास समाजका अध्यक्ष धर्ममान अधिकारी , ए सी नपालका महासचिव शंकरमणी त्रिपाठी लगायतको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...